Listen LIVE

बर्दिया प्रशासनद्वारा पाँच जनाको नागरिकता खारेज

बर्दिया : झुट्टा विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएकाको छानबिनका क्रममा बर्दिया प्रशासनले ५ जनाको नागरिकता खारेज गरेको छ ।

तीन वटा नागरिकता गत असारमा खारेज गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय, बर्दियाले दिएको छ । यस आवको मंसिर मसान्तसम्म २ वटा खारेज भएको छ ।

यस आवमा मधुवन नगरपालिका–का सुनिल सुनार र साविक मानपुर टपरा गाउँपालिका–३ का पल्टु थारुको नागरिकता रद्द गरिएको छ । गत आवमा साविक ढोढरी गापा–७ का रामकुमारी थारु, बारबर्दिया नपा–७ का सुनिल केसी र साविक मगरागाडी गापा–१ कि माया लामाको दोहोरो नागरिकता रद्द गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

यसैगरी गत आवमा १ जना र यस आवमा ५ जनाले नेपाली नागरिकता परित्याग गरेको प्रजिअ हमालले जनाए । हाल ८ वटा यसै प्रकृतिका दोहोरो नेपाली नागरिकता छानबिनको दायरामा रहेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

तर ०६३ सालको टोलीमा गलत विवरण पेश गरी नागरिकता लिएका गैर नागरिकको नागरिकताको उजुरी परे पनि छानबिन हुन सकेको छैन ।

प्रतिक्रिया