Listen LIVE

बर्दियामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दिया : बैंकिङ तथा चेक अनादर मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका फरार अभियोगी पक्राउ परेका छन् । गुलरिया नगरपालिका–४ का २९ वर्षीय अमन यादवलाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

उच्च अदालत, तुलसीपुर, इजलास नेपालगञ्जले बर्दिया जिल्ला अदालतको विभिन्न लगत नम्बरमा कैद तथा जरिवाना भई फरार रहेका यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया