Listen LIVE

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङ : स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षका बाबुराम चौधरीको मृत्यु हो । 

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि बुधबार राती साढे १२ बजेतिर नर्सिङहोम नेपालगञ्ज बाँके रिफर गरिएको थियो । बाँकेबाट बाबुरामलाई आफन्तले बिहिवार बिहान ८ बजेतिर घरतिर ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोदराज खत्रीले जानकारी दिए । 

बाबुरामलाई आज बिहान आफन्तीले पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । डाक्टरले चेक जाँच गर्दा सवा १० बजेतिर चौधरीलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । मृतकको शव अस्पतालमा राखिएको छ । 

स्कुटर चालक तुलसीपुर–६ का २८ वर्षका सुमन चौधरी गम्भिर घाइते भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । घाइते सुमनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि हिजो साढे ९ बजेतिर नर्सिङहोम नेपालगञ्ज बाँके रिफर गरिएको खत्रीले बताए । 

बिजौरीबाट भेलाहितर्फ जादै गरेको रा ८ प ३१७९ नम्बरको स्कुटर हिजो साँझ साढे ८ बजेतिर तुलसीपुर– १६ राउतगाँउमा दुर्घटना भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । 

स्कुटर प्रहरीले नियण्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया