Listen LIVE

नेपालगञ्जमा जलेको अवस्थामा फेला परेकी युवतीको सनाखत

नेपालगञ्ज : नेपालगञ्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ ।

गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बुढाका आफन्तहरु अस्पताल पुगेर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीका अनुसार मृतकले २ दिन अगाडी मात्र आफुलाई कुटपिट भएको भन्दै एकजना युवक विरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेकोमा मृतक बुढाकै आग्रहमा मिलापत्र गरेर प्रहरीले छाडेको थियो । घटनास्थलमा सलाई र आगलागी हुने पदार्थको गन्ध आएको प्रहरी उपरीक्षक जीसीले बताए ।

प्रारम्भीक अनुसन्धानमा मृतक बुढाले यसअघि नै एक पुरुषसँग बिबाह गरि उनीबाट एक सन्तान समेत जन्मदिएर पछि सम्बन्ध बिच्छेद गरेर बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मृतक बुढा केही महिना पहिले नेपालगञ्जको न्यूरोड स्थित एक होटलमा छापा मार्नेक्रममा प्रहरी नियन्त्रणमा समेत परेकी थिइन् ।

पछिल्लो समय बढा नेपालगञ्ज रानीतलाउ नजिकका एक युवकसँग …लिभिङ टुगेदरÚमा बस्दै आएको पनि खेलेको एसपी जीसीले बताए । घटनाबारे आत्महत्या तथा कर्तब्यज्यान अभियोगमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनाको शुक्ष्म अनुसन्धान भइरहेको भन्दै लिभिङ टुगेदरमा रहेका र कुटपिट अभियोगमा पक्राउ परेर छाडिएका पुरुषको नाम भने उनले खुलाएनन् ।

प्रतिक्रिया