Listen LIVE

चितुवाको आक्रमणबाट नेपालगञ्जमा एक जना घाइते

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२० चितुवाले मंगलबार दिउँसो बढुवालाई आक्रमण गरेको छ। पशुपति नगर सामुदायिक वन नजिक हिँडिरहेका ५८ वर्षीय दलबहादुर थापा मगरलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको नेकपा (एमाले) वडा नम्बर २० का सचिव फणीन्द्र बुढाथोकीले जानकारी दिए। 

घाइते थापा मगरको भेरी अस्पतालमा उपचार भइहरेको छ। सो सामुदायिक वनको बाटो नजिक चितुवा देखिएकोले सो बाटो भएर डुडुवा गाउँपालिका जाने आउनेहरूलाई सचेत हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया