नेपालगञ्ज : जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई अर्काे मुद्दा लगाउने गरी अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले हिंसामा उत्रिएका ४० जनालाई नौबस्ता बालसुधार गृह पठाएको छ भने २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
यिनीहरुलाई अनुसन्धान गर्ने र झडप, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरी कारबाही प्रक्रिया अघि बढेको बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।
शुक्रबार रातिदेखि भएको झडपमा घाइते भएका सबै जना डिस्चार्ज भएका छन् । प्रहरीले केही दिनअघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, तोडफोड, आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारको कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने जनाएको छ ।
झडपका क्रममा प्रहरीको एउटा मोटरसाइकल गायव पारिएको छ भने कारागारका कर्मचारीको स्कुटी तोडफोड गरिएको छ ।
१८ वर्ष उमेर पुगेका जतिलाई नौबस्ता र जिप्रकामा राखिएपछि अहिले बालसुधार गृह शान्त रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार