हुम्ला : उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को लिमी गाउँमा हिमपात सुरु भएको छ । आइतबार रातिबाट बादल लाग्न सुरु भएको र सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।
लिमी लगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको नाम्खा गाउँपालिका– ६ का वडा सदस्य पेम्बा तुन्डुप लामाले बताए । बिहानबाट सुरु भएको हिमपात अहिले जमिनमा जम्न सुरु भएको उनले बताए ।
यो हिमपात लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङमा सुरु भएको छ । यसैगरी, लिमीकै लाप्चा, ताक्ची, तुम्लिङ, न्यालु, हिल्सा, नारा, यारी, ह्याङ्सी, चाला, इलिङ क्षेत्रमा हिमपात भइरहेको उनले बताए ।
उच्च क्षेत्र रहेका कारण लिमी र हिल्सा प्रवेश क्षेत्रका रूपमा रहेका नारा र न्यालुमा भने बाक्लै हिमपात भइरहेको उनको भनाइ छ । हिमपात भइरहेका कारण चिसो बढेको छ भने मोवाइल नेटवर्कले काम गरिरहेकाले सम्पर्कमा कुनै समस्या नभएको उनले बताए ।
हिमपात भएपछि किसानहरू खुसी भएका छन् । सदरमुकाम सिमकोटभन्दा दक्षिणीक्षेत्रमा भने वर्षा भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार