Listen LIVE

केयर सिटी अस्पतालमा इन्जिनियरलाई उपचारमा छुटको सहमति

नेपालगञ्ज : नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा इन्जिनियरहरुलाई सहुलियत दिइने भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशका इन्जिनियर र आर्किटेक्टहरुलाई स्वास्थ्य सेवामा सहुलियत दिने गरी सम्झौता भएको छ ।

इन्जिनियर सुरेन्द्र बोहराका अनुसार वडा नम्बर १८ भुजईगाउँस्थित केयर सिटी अस्पतालले सम्पूर्ण विशेषज्ञ सेवा, अपरेशन, बेड, चेकजाँच लगायतमा सहुलियत हुने गरी नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश र केयर सिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि नेपालगञ्जबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा केयर सिटी अस्पतालका अध्यक्ष डा. विष्णु कुमार थापा र नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका सभापति इन्जिनियर महेश्वर लम्सालले हस्ताक्षर गरेका छन् । इन्जिनियर बोहराको पहलमा सम्झौता भएको हो ।

सम्झौता अनुसार अपरेशन, बेड, एक्सरे, आइसियु, एनआइसियु, एचडियु तथा ल्याब टेस्टमा २० प्रतिशत, औषधि तथा सर्जिकलमा १० प्रतिशत छुट दिइनेछ ।

प्रतिक्रिया