Listen LIVE

लमहीस्थित विद्युतको ग्रिड शव स्टेसनमा आगलागी, नियन्त्रणमा लिन मुस्किल

दाङ : नेपाल विद्युत प्राधिकरणको लमहीमा रहेको ग्रिड शव स्टेसनमा आगलागी भएको छ ।

तारहरू नजिक रहेको क्षेत्रबाट आलागी सुरु भएको, विद्युत आपुर्ती वन्द गरेर नियन्त्रणमा लिने काम भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले बताए ।

‘एक्कासी आगो लागेको देखियो । प्रहरी र स्थानीय बासिन्दाको प्रयासबाट आगो नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने,‘अहिले सम्म विद्युत ग्रिडमा क्षति भएको छैन ।’

आगो निभाउन घोराहीबाट दमकल आउन थालेको छ । लमही र गढवामा भएको दमकल बिग्रिएकाले घोराही उपमहानगरपालिकाको दमकल मगाउनु परेको जनाइएको छ ।

हावा चलेका कारण नियन्त्रणमा लिन मुस्किल परेको छ ।

प्रतिक्रिया