Listen LIVE

बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु

नरैनापुर (बाँके) : बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको उपचारका क्रममा मृत्यु भएको हो ।

पासीलाई १८ गते राती बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा थप उपचारका लागि लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । केही दिनअघि नरैनापुर–३ गेग्ली गाउँमा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया