Listen LIVE

बिस्तारामा आगो लाग्दा बाँकेमा एक बृद्वको मृत्यु

नेपालगञ्ज : आफ्नै बिस्तारामा आगो लाग्दा बाँकेको खजुरामा एक बृद्वको मृत्यु भएको छ । खजुराका ९० वर्षिय रत्नबहादुर पौडेलको बिस्तारामा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार राती अबेरसम्म परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका पौडेललाई शुक्रबार बिहान ४ बजेतिर जलेको अवस्थामा फेला पारिएको थियो । बृद्व सुतिरहेको कोठाबाट जलेको गन्ध आएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका बृद्वको चुरोट पिउने बानी रहेको र मध्य रातमा चुरोट सल्काउने क्रममा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बन्द रहेको कोठामा धुँवामा निस्सासिएर मृत्यु भएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ । 

प्रतिक्रिया