Listen LIVE

ठेकी कोरेर जीवन गुजारा चलाउँदै चनारा

जाजरकोट : छेडागाड नगरपालिका–९ का चन्द्रबहादुर चनारा ठेकी कोरेर आफ्नो परिवारको लालनपालन गर्दै आएका छन् । एक छोरा र तीन छोरीसहित छ जनाको परिवार भएका चनाराले काठको ठेकी कोर्ने पेसाबाट आएको आम्दानीले परिवारको पालनपोषणसहित छोराछोरीलाई पढाउँदै आएको बताउँछन् । 

चन्द्रबहादुरले कोरेको ठेकी स्थानीय गाउँमै बिक्री हुने गरेको छ भने कतिपयले नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा चिनोका रूपमा लिने गरेका छन् । एक दिनमा ठुला चार वटा, साना पाँच छ वटासम्म ठेकी कोर्ने गरेको उनको भनाइ छ । 

लोप हुँदै गएको परम्परागत सिपलाई आफ्ना छोराभाइलाई सिकाउने इच्छा भएको चनाराले बताए । ठेकी कोर्ने परम्परागत सिप लोप हुँदै गएको बताउँदै उनले पछिल्लो पुस्ताले यस पेसाप्रति चासो नलिएकोमा चिन्ता व्यक्त गरे । आफूले ठेकी उद्योग सञ्चालन गर्नका लागि सरकारी अनुदानसँगै बजार व्यवस्थापनको आवश्यकता पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया