नेपालगञ्ज : मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत मानव सेवा आश्रमले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका सहयोगापेक्षी सडक–आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि 'प्रदेश विशेष उद्दार कार्यक्रम' सञ्चालन गर्ने भएको छ । आश्रमका अनुसार उक्त कार्यक्रम यही चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यात्राको क्रममा लुम्बिनी प्रदेशका तराई, पहाड र उच्च पहाडी गरी १२ जिल्ला–बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा पुगेर सहयोगापेक्षी सडक–आश्रित मानवहरूको अवस्था अध्ययन तथा उद्धार सेवा प्रदान गरिनेछ ।
कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य स्थानीय तहहरूसँग सहकार्य विस्तार गर्दै æसहयोगापेक्षी सडक–आश्रित मानवमुक्त लुम्बिनी प्रदेशÆ निर्माणका लागि सरोकारवाला निकायहरूबाट प्रतिबद्धता संकलन गर्नु रहेको आश्रमले जनाएको छ । मानव सेवा आश्रमले २०६९ सालदेखि खुला आकाशमुनि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी -बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर) व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ ।
हाल लुम्बिनी प्रदेशमा आश्रमका विभिन्न शाखामार्फत सेवा सञ्चालन भइरहेको छ । जस अनुसार रुपन्देहीको बुटवल केन्द्रमा ५५ जना, तिलोत्तमा केन्द्रमा १८० जना, दाङ शाखामा ६० जना र नेपालगन्ज शाखामा ८० जना गरी जम्मा ३७५ जना आश्रित रहेका छन् । मानव सेवा आश्रमकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले प्रदेशस्तरीय उद्दार यात्राको प्रारम्भ गर्नेछिन् ।
यसैबीच, आश्रमले आमनागरिकसँग महत्वपूर्ण अपिल पनि गरेको छ । यदि कतै सहयोगापेक्षी, बेसहारा वा सडकमा कष्टपूर्ण अवस्थामा जीवनयापन गरिरहेका मानवहरू देखिएमा नजिकको उद्धार टोली वा मानव सेवा आश्रममा तुरुन्त जानकारी गराई सहयोग गर्न आग्रह गरिएको छ । यसले समयमै उद्धार गरी उनीहरूको जीवन रक्षा र पुनस्र्थापनामा ठूलो सहयोग पुग्ने विश्वास आश्रमले लिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार