नेपालगञ्ज : पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नेपालगञ्ज आउने भएका छन् । साविकको मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा पूर्वराजा शाह नेपालगञ्ज आउन थालेका हुन्।
सोमबार अपरान्ह पूर्वराजा सपरिवार नेपालगञ्ज आउँदा भब्य स्वागत गर्ने गरी हिन्दुवादी र राजावादीले तयारी गरेका छन्। नेपालगञ्ज विमानस्थलबाट बासस्थान सोल्टी होटलसम्म नाराबाजीका साथ स्वागत गर्ने तयारी रहेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले बताए।
पूर्वराजपरिवारका सदस्य नेपालगन्जमा एक महिनाबढी बस्ने बताइएको छ। नेपालगन्जमा मुकाम बनाएर पूर्वराजाको विभिन्न जिल्लामा सवारी हुने देवकोटाले बताए।
पूर्वराजपरिवारका सदस्य वर्षेनीजसो नै नेपालगञ्जमा लामै बस्ने गरी आउने गर्दछन्। यसअघिको नेपालगञ्ज बसाईका क्रममा पूर्वराजा शाहले भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई समेत भेटेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार