Listen LIVE

बाँकेस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्तीसोनारी (बाँके) : राप्तिसोनारी गाउँपालिका–३, बैंसा निवासी १३ वर्षीय बालक सफर नेपालीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । शुक्रबार बिहान करिब पौने १२ बजे पौडी खेल्ने क्रममा उनी नदीमा डुबेका थिए ।

घटनापछि स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय बैजापुरको टोलीले खोजी कार्य सुरु गरेको थियो । करिब १ः१० बजे नेपालीको शव नदीबाट निकालिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बैजापुरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया