नेपालगञ्ज : आज जनवरी १ तारीख राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवसको अवसरमा नेपालगञ्ज साइक्लिङ क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको क्लबका कार्यबाहक अध्यक्ष कबिराम बुढाथोकीले जानकारी दिए ।
काबा अध्यक्ष बुढाथोकीका अनुसार कार्यक्रममा मेचिमाहकाली साइकल यात्रा पुरा गरेका तेजबिक्रम शाह, रमेशकुमार मल्ल, सतिश निरौला सहित झन्डै दुई दर्जन साइकल यात्रीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी लाई नेपालगन्ज घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलका तर्फबाट एक एक थान ढाकाटोपी प्रदान गरिएको थियो ।
ढाकाटोपी पसलका सञ्चालक तथा क्लबका कार्यसमिति सदस्य बिष्णु कडेलले राष्ट्रिय टोपीको महत्त्व झल्काउने गरि आयोजना गरिएको कार्यक्रमले ढाकाटोपीको प्रबद्र्धनमा टेवा पुर्याउने हुँदा आफुले पनि यसमा सहकार्य गरेको बताए ।
नगरपरिक्रमा पछि ढाकाटोपी सहितको साइकल यात्रा बागेश्वरी मन्दिर परिसरमा पुगी समापन गरिएको थियो । समापन समारोहमा काबा अध्यक्ष कविराम बुढाथोकीले सम्पुर्ण सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार