बर्दिया : बर्दियाबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका–८ भादा चेक प्वाइन्टबाट अटोमा आउँदै गरेका दुई युवकलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
बर्दिया प्रहरीका अनुसार मोहमदपुरदेखि गुलरियातर्फ भे१ ह ६८७ नम्बरको अटोमा आउँदै गरेको अवस्थामा गुलरिया–९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र सोही स्थानका ३२ वर्षीय विवेक गिरीलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनाविरुद्ध बर्दिया अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यसैगरी बर्दिया प्रहरीले शनिबार गुलरिया नगरपालिका–७ का बदालपुरका ३१ वर्षीय अशोक कुमार यादवलाई १ ह्राम १७० मिलिग्राम र गुलरिया–४ का ४३ वर्षीयराम प्रसाद रैसादलाई ११० मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
बर्दिया प्रहरीले दिएको जानकारी अनुसार शनिबार साँझ बढैयाताल गाउँपालिका–२ फुटाहाबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले सोही गाउँपालिका ५ का १९ वर्षीय गौरव थारुलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार