नेपालगञ्ज : नेपालगञ्जस्थित सरस्वती संगीतालयलाई फर्निचर सहयोग गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले संगीतालयलाई फर्निचर सहयोग गरेको हो ।
नेपालगञ्जका मेयर प्रशान्त विष्टले सरस्वती संगीतालयलाई संगीतप्रेमीहरूको सुविधाका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरे ।
जसअन्तर्गत संगीतालयलाई ४ वटा दराज, २२ वटा कुर्सी, २ वटा टेबल, ४ वटा साना टेबल, १ वटा अफिस दराज र कार्पेट प्रदान गरिएको छ । यी सामग्रीहरूले संगीतालयको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र संगीत सिक्ने वातावरणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सामग्री हस्तान्तरण गर्दै मेयर विष्टले संगीत र कला संरक्षणमा उपमहानगरपालिकाको प्रतिबद्धता रहेको बताउँदै सरस्वती संगीतालयले नेपालगञ्जको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “संगीतप्रेमीहरूको लागि यो सानो सहयोगले उनीहरूको सृजनशीलतालाई प्रोत्साहन गर्नेछ र संगीतालयको ऐतिहासिक महत्वलाई थप उजागर गर्नेछ ।’
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगप्रति आभार प्रकट गर्दै कलाकार श्यामानन्द सिंह ठकुरीले यस्ता सहयोगले संगीत शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । यो सहयोगले स्थानीय संगीतप्रेमीहरू र विद्यार्थीहरूलाई उत्साह थपिएको उनको बुझाई छ ।
संगीतालयका अध्यक्ष बिरेन्द्र यादवका अनुसार यो पहलले नेपालगञ्जको सांस्कृतिक र शैक्षिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार