Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले कोहलपुर नगरपालिका–११, लोकनगरबाट १८० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २६ वर्षीय महेश थारू र २४ वर्षीय राजकुमार थारूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालए जानकारी दिएको छ ।

प्रहरी बिट कौशिलानगरबाट खटिएको टोलीले महेश थारूको घरमा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद लिएर लागुऔषध कसुर इलाका प्रहरी कार्यालय कोहलपुरले  थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया