धनगढी : कैलालीमा एक युवकको कुटपिटबाट मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए।
कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल सहित पाँच जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले बताए।
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार