यदुराज मिश्र/नेपालगञ्ज : दशै पर्व सम्पन्न हुने क्रमसँगै बाँकेसहित तराई मधेसका जिल्लाहरूमा भव्यरुपमा मनाइने दीपावली तथा छठपर्व नजिकिँदै गएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरू बर्षाले भत्किएका घरको सरसफाई र लिपपोत गर्दै सिँगार पटारमा जुटेका छन् ।
गत असोजको दोस्रो साता आएको अविरल बर्षाका कारण ग्रामिण क्षेत्रका हजारौँ कच्ची तथा फुसका घरहरू क्षतिग्रस्त भएको र घरका भित्ता छानामा झारपात उम्रेर फोहोर भएका ठाउँलाई सरसफाई तथा मर्मत सम्भार गरी लिपपोत गर्न ग्रामिण क्षेत्रका महिलाहरू व्यस्त भएका छन् ।
दशैँको टिका सम्पन्न भएसँगै मौसममा समेत परिवर्तन आएको र दीपावली तथा छठपर्व भित्रिन लागेपछि अधिकांश बासिन्दाहरू लक्ष्मी पूजा तथा छठी माताको व्रतका लागि घरको श्रृङ्गार पटारमा जुटेको बाँकेको डुडुवा ६ का पारस नाथ सिंहले बताए ।
बर्षाले क्षतिग्रस्त भएका खरको भित्तालाई मर्मत तथा पुनः नयाँ निर्माण गरेर पहेलो चिम्टियाइलो माटोले लिपपोत गर्नमा ग्रामीण महिलाहरू बिहानैदेखि जुटेको सिंहले बताए ।
महिलाहरूले माटोमा गाईबस्तुको गोबर, गहुँको छ्याली वा धानको पराललाई मिसाएर तयार पारिएको माटोले कच्ची घरका भित्ताहरू लिपपोत गरिरहेको उनको भनाई छ ।
यस बर्ष दशैं लाग्दासम्म पानी परेका कारण घर आँगनको सरसफाइ गरी सुन्दर बनाउन ढिलो भएकाले हतारमा दीपावली र छठको तैयारीका लागि सरसफाईमा जुटेको सिंहले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार