नेपालगञ्ज : हरेक वर्ग र समुदायको उत्थानका लागि एकमात्र पार्टी नेकपा एमाले रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । यही बैशाख २० गते नेपालगञ्जमा हुन गइरहेको नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औं राष्ट्रिय महाअधिवेशनको तयारी स्वरुप बाँकेको डुडुवा ६ शुब्बापुर्वामा आयोजना गरिएको भेलामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
डुडुवा ६ एमाले गाउँ इकाइ कमिटीका अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको भेलामा वक्ताहरुले मुस्लिम समुदायका बालबालिकालाई मदरसा शिक्षाका साथै उच्च शिक्षा पढाउन अभिभावकहरुसँग आग्रह गरेका थिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं डुडुवा गाउँपालिका इञ्चार्ज पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद सगठनको महाअधिवेशनमा मुस्लिम समुदायसँगै अन्य समुदायलाई धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ बाबुगाउँस्थित मेरो प्लानेटमा हुने महाअधिवेशनलाई मध्यनजर गर्दै भेला आयोजना गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य एवं मुस्लिम फाँट इञ्चार्ज मो.हारुनले जानकारी दिए ।
बिराउन शेषले सञ्चालन गरेको कार्यक्रममा डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्र, नेपाल मुस्लिम इत्तेहाद सगठनकी केन्द्रिय सदस्य तलत प्रविन खाँ, प्रेस चौतारीका केन्द्रिय सदस्य शकील अहमद कादरी, जाकिर हुसैन हल्वाई, अकरम अन्सारी, इब्राहिम शेषलगायतको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार