बर्दिया : ठाकुरबाबा नगरपालिका–२ बलातीमा बुधबार राति हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणमा सोही ठाउककका ७१ वर्षीय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।
हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाए ।
बर्दिया निकुञ्ज नजिक थारुको घर रहेको छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए । स्थानीयले वन्यजन्तुको आक्रमणकाविरुद्ध पूर्वपश्चिम राजमार्ग बन्द गराएको उनले जनाए ।
2025-03-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार