Listen LIVE

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

बैतडी : सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  भदौ २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प जाने गरेको छ ।

प्रतिक्रिया