कैलाली : कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए ।
सन २०२४ मा कैलालीमा डेंगु बिरामीको संख्या ५२० रहेको थियो । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएको छ ।
कार्यालयले सञ्चालन गरेको लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’
हाल सुदूरपश्चिम भरि यो रोगका बिरामीको संख्या ३ सय ४५ रहेको उनले बताए । अहिले सम्मको तथ्यांकअनुसार बाजुरा र बझाङमा ५६ जना डेंगु रोगी रहेको उनले बताए । उनका अनुसार दार्चुलामा ७,बैतडीमा ३०, डडेल्धुरामा ५६,डोटीमा ३७,अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जना डेंगुका बिरामी रहेको उनले बताए ।
देशभरीमा ३ जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । मनाङ,डोल्पा,हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् ।
देशभर २ हजार ७ सय २० जना डेंगु रोगका बिरामी रहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार