Listen LIVE

तिहारमा त्रिभुवनचोकमा बढ्यो रौनक

नेपालगञ्ज : तिहारमा नेपालगञ्जको त्रिभुवनचोकमा छुट्टै रौनक छाएको छ। बीच सडकमा लागेको बजारमा किनमेल गर्नेको भीड लागेको छ।

हरेक चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने गर्दछ। यो बजारले चाडबाडको रौनक बढाउने गर्दछ।

तिहारमा चरेशका भाडाका भाडाबर्तन, कुचो, नुनलगायत किन्दा राम्रो हुने बताउने गरिन्छ। त्रिभुवनचोकको सडकमा लागेको बजारमा यी सामान किन्नेको भिड देखिन्थ्यो।

नेपालगञ्जका विभिन्न ठाउँबाट त्रिभुवनचोकको सडकमा लागेको बजारमा सामान किनमेल गर्न आएका भिडले तिहार नजिकिएको लाग्दथ्यो।

चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने चलन नै भएको छ। जुन चाड हो, त्यहीलाई लक्षित गरेर सामान राख्ने गरिन्छ।

प्रतिक्रिया