नेपालगञ्ज : सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा सहमति नहुँदा बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ । नेपालगञ्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहीबार बिहान साढे १० बजेदेखि अबरुद्ध गरेको जानकारी दिए । ’उहाँहरुको मागका विषयमा बार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौ भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले सडकमा टायर बालेर नाराबाजी गरेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन् । क्षतिपुर्तिमा कुरा नमिल्दा परिवारले शव बुझेका छैनन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार