नेपालगञ्ज : जेनजी आन्दोलनका क्रममा बाँके नौबस्ता कारागारबाट फरार रहेका कैदी जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९ का कर्तव्य ज्यान मुद्दाका कैदी २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेका हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनमा बाँकेस्थित नौबस्ता कारागार कार्यालयबाट भागी फरार रहेका बादीलाई प्रहरीले आइतबार शिवालय गाउँपालिका–१ मोर्क बजारबाट पक्राउ गरी जाजरकोटस्थित कारागार पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बसन्तकुमार शर्माका अनुसार जेनजी आन्दोलनमा नौबस्ता कारागारबाट फरार रहेका बादी मोर्कबजारमा आफन्तको घरमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी छेडाचौरबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी जाजरकोट कारागार सुरक्षा गार्डलाई बुझाएको बताए ।
उनका अनुसार सरकारले देशका विभिन्न कारागारबाट फरार रहेका कैदीलाई सरकारले पक्राउ गर्ने आदेश जारी भएकाले जतिबेला भएपनि अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पक्राउ गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार