जुम्ला : सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको हो ।
रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको छ ।
2025-01-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार