दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।
भगवतीमाई गाउँपालिका ३ सान्तडामा २१ बर्षीय मिमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको हो । भगवतीमाई गाउँपालिका १ वेस्तडा बजारबाट वडा नं. ३ मेहेलतोलीमा रहेको घर जाने क्रममा भिरबाट लडेर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
गएराति करिब १० बजेर तिर वेस्तडा बजारबाट घर जाने क्रममा सान्तडाको भिरबाट लडेर २१ वर्षीय चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए ।
2025-05-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार