Listen LIVE

बाँकेका एसपीको एक्सनमा जुवाडेहरु धमाधम पक्राउ पर्दै

नेपालगञ्ज : बाँके प्रहरीले धमाधम जुवाडेहरुलाई पक्राउ गर्न थालेको छ । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

बाँकेका एसपी तुल बहादुर कार्कीले जुवातास विरुद्ध प्रहरीलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएपछि मातहतको टिम सक्रिय भएको छ । गएरातीमात्रै नेपालगन्जबाट ७ जना जुवाडेलाई पक्राउ गरिएको कार्कीले बताए । नेपालगञ्ज उपमहानगरपालिका ४ सल्यानी बंगलाबाट ६७ हजार ६२५ रुपैयाँसहित ७ जना जुवाडेलाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

वडा प्रहरी कार्यालयका इन्चार्ज अरुण बमको कमाण्डमा गएको टोलिले जुवाखालबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । शिबम बैश्यको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले जयसपुरबाट १५ र राप्तीसोनारीबाट २० जनालाई प्रहरीले पक्राउ गरेको थियो । गएराती पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया