Listen LIVE

सशस्त्रद्वारा बाँकेमा ठुलो परिमाणमा मोबाइल डिस्प्ले बरामद

नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको नेपालगञ्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा विभिन्न कम्पनीका मोबाइल डिस्प्ले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेबाट खटिएको टोलीले ५ सय ७० पिस मोबाइल डिस्प्ले बरामद गरेको हो।

भारतबाट थोरै संख्यामा ल्याएर भण्डार गरि एकैपटक ठुलो परिमाण बनाएर नेपालगञ्जबाट अन्यत्र लैजाँदै गरिएको अवस्थामा आइफोन, वान प्लस लगायतका स्मार्ट फोनका मोबाइल डिस्प्ले सशस्त्र प्रहरीले बुधबार साँझ बरामद गरेको हो।

बरामद गरिएको एक डिस्प्ले बराबर अन्दाजी ३ हजारदेखि ३५ सयसम्म मूल्य पर्ने गर्दछ। उक्त परिमाण अनुसार सशस्त्र प्रहरीले करिब १८ लाखको डिस्प्ले बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरिएको सबै मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

प्रतिक्रिया