Listen LIVE

बाजुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, बाह्र घाइते

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु  भएको छ । दुर्घटनामा अन्य  १२ जना घाइते भएका छन् । 

दुर्घटनामा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने  ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो । 

बिहीबार बिहान ९ बजे क्युडीदेखि धुलाचौर आउँदै गएको ०३००१ बा. प्र. ०३००१ ज. ०३३८ नम्बरको जिप क्युडी नजिक सडकबाट अन्दाजी दुई सय पचास मिटर तल खसेपछि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा रहेका अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाइते भएका १२ जनाको उपचारका लागि अहिले कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए े।

उनले भने, “जिप के कती कारणले दुर्घटना भएको हो भन्ने कुरा जानकारी हुन सकेको छैन ।”

दुर्घटना परेको जिपमा जम्मा २६ जना सवार रहेका थिए । उनीहरूमध्ये दुई जनाको घटनास्थलमै मृत्यु १२ जना घाइते र अन्य १२ जना भने सकुशल रहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया