Listen LIVE

महाकुम्भबाट नेपाल फर्किदै गरेको स्कारपियो दुर्घटना, पाँचको मृत्यु

काठमाण्डौ : भारतको उत्तरप्रदेशस्थित पर्यागराज महाकुम्भ मेलाबाट फर्किदै गरेको नेपाली सवार स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किरहेको उक्त जीप शनिबार बिहारको मुजफ्फरपुर जिल्लामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अन्य ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीका अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी र बालकृष्ण झा तथा गाडीचालक सिरहाका शम्भु ठाकुर रहेका छन् । दुर्घटनामा परी मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी गम्भिर घाइते भएका छन् 

प्रतिक्रिया