नेपालगञ्ज : बाँकेको राप्ती नदीमा डुबेर शनिबार एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–३, सिनावासस्थित राप्तीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षीका चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनका अनुसार, गाउँका अरू महिलासँग राप्तीमा माछा मार्न गएका बेला नदीमा डुबेर दिक्षीकाको मृत्यु भएको हो । ‘माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षीकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ,’ उनले भने ।
दिक्षीकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो ।
2025-04-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार