Listen LIVE

बर्दियामा भरुवा बन्दुक सहित ३ जना पक्राउ

बर्दिया : बर्दियामा भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, जिल्ला बर्दिया राजापुर न. पा १० नर्सरी बस्ने वर्ष १६३ को चन्द्र बहादुर भण्डारी, सोही ठाउँ पहाडीपुर बस्ने वर्ष ३८ को शुकुम राज चौधरी र कर्मनि बस्ने वर्ष ५६ को श्याम कुमार गौतम रहेका छन् ।

जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं.३ नेपाल भारत सिमाना नजिक कोठिया सामुदायिक जङ्गलबाट भरुवा बन्दुक नाल एक, कार्टिज थान एक, टर्च थान एक र सादा मोबाईल थान एक सहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया