Listen LIVE

विद्यालय परिसरभित्र बेवारिसे बम फेला

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको  भवन बनाउन जक खन्ने क्रममा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बम भेटिएपछि प्रहरी चौकी नुवागाउँ र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली त्यस स्थानमा पुगेको थियो । फेला परेको दुई वटै बमलाई लिवाङमा रहेको सूर्यदल गणबाट खटिएको सेनानी शङ्कर थापाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईँले जानकारी दिए ।

यस अघि २०७७ सालमा त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट भएर चार जना बालबालिकाको ज्यान गएको थियो ।

प्रतिक्रिया