दाङ : डिभाइडर नहुँदा सडक दुर्घटना बढेपछि दाङको घोराही बजारमा भित्री सडकहरूमा डिभाइडर बनाउन सुरु गरिएको छ ।
घोराही उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक कार्यालयले घोराही बजार क्षेत्रमा अक्सपाल्ट प्रविधिबाट हालै बनाएका सडकहरुमा सडक लेन र जेब्रा क्रसिङ बनाउन थालेको हो । घोराही बजारभित्रका सडकहरूमा जेब्रा क्रसिङ बनाउन लागेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीका प्रेस सल्लाहकार निमुसङ्गम घर्तीले जानकारी दिए ।
उनको अनुसार दिपशिखा रोड सहिद १० ठाउँमा जेब्रा क्रसिङ बनाउन लागिएको हो । जेब्रा क्रसिङले सडक दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।
सडकको स्तरोन्नति तथा कालोपत्रे गरिए पनि सडका डिभाइडर नबनाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरूको गुनासो गर्दै आएको थिए । स्थानीय एवम् घोराही उपमहानगरपालिका–१७ गुलरियाका अशोक चौधरीले जेब्रा क्रसिङले सडक दुर्घटनामा कमी आउने बताए । ‘यसले बालबालिका र ज्येष्ठ नागरिक र पैदल यात्रुहरूलाई सहज हुने हुन्छ, उनले भने, “दुर्घटनामा समेत कमी आउँछ ।’ विशेषगरी विद्यार्थीलाई स्कुल जाने आउनेमा सहज भएको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार