Listen LIVE

दाङको तुलसीपुरमा आठ जुवाडे पक्राउ

दाङ : जुवा खेलेको आरोपमा तुलसीपुरमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगदसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तुलसीपुर–१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका–२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक, तुलसीपुर–१५ का ४९ वर्षीय सुवास धिताल, घोराही उपमहानगरपालिका–९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही–१८ का २९ वर्षीय दिनेश बिक र घोराही–१५ का ३७ वर्षी बसन्तराज अधिकारी पक्राउ परेका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम  डिएसपी इश्वर थापाले जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमाथी जुवा ऐन अनुसार मुद्दा प्रक्रिया अगाडी बढाउने प्रहरीको तयारी छ । हिन्दुहरुको महान पर्व दसै, तिहार नजिकिदै गर्दा जुवा खेल्ने क्रम सुरु भएको छ । कतिपय ठाउँमा प्रहरीकै मिलेमतोमा पनि जुवा चलिरहेको बताइएको छ ।

प्रतिक्रिया