नेपालगञ्ज : नेपाल सरकारका उपसचिव रामहरि शर्मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका छन् । शर्माले २०८२ साल वैशाख २६ गतेदेखि औपचारिकरूपमा पदबहाली गरेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना प्रविधि शाखामा कार्यरत रहेका शर्मालाई नेपालगञ्ज उपमहानगरपालिका पठाइएको हो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव ओमबहादुर खड्का सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।
पदबहाली तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरको विकास र समृद्धिलाई तिव्रता दिन सबै पक्षसँग सहकार्य, समन्वय र सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
उनले भने, “नगर विकासमा पारदर्शिता, उत्तरदायित्व र कुशल प्रशासनका माध्यमबाट नयाँ ऊर्जा सिर्जना गर्दै नगरवासीले सकारात्मक परिवर्तन अनुभूति गर्नेगरी काम गर्ने छु ।’ उनले नगर जनप्रतिनिधिहरूको मार्गदर्शनमा समन्वयकारी भूमिका निर्वाह गर्दै विकासका क्षेत्रमा थप पहल गरिने उल्लेख गरे ।
शर्माले यसअघि गाविस सचिवदेखि प्रमुख जिल्ला अधिकारीसम्मका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । प्रशासनिक अनुभव र नेतृत्व क्षमताका आधारमा उनले नेपालगञ्ज उपमहानगरपालिकामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार