Listen LIVE

बाँकेमा सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु

नेपालगञ्ज : बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मंगलबार साँझ साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिल बहादुर थारु र पछाडि सवार सोही स्थानकै २३ बर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले  जानकारी दिए । 

ट्राफिक प्रहरीका अनुसार बस चालक फरार छन् । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया