Listen LIVE

मुगुमा अज्ञात रोगबाट चौरी मर्न थाले

मुगु : जिल्लाको माथिल्लो मुगुमा अज्ञात रोगका कारण चौंरी बिरामी भई मर्न थालेका छन् । मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को सिरानी चौरमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ ।

पशु अस्पतालका कार्यालय प्रमुख भीमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका लागि त्यसतर्फ जाँदै गरेको बताए ।

रोगको प्रारम्भिक अध्ययन नगरी कुन रोगले चौरी मरेका हुन् भनि एकिन गर्न नसकिने उनको भनाइ छ । उनले प्राविधिक टोली त्यहाँ पुगेपछि प्रारम्भिक अध्ययन सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया