Listen LIVE

बालबालिकालाई सकारात्मक सोंच विषयक तालिम

नेपालगञ्ज : नेतृत्व विकास तथा रकारात्मक सोंच विषयक दुई दिने तालिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ मा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा बैशाख २८ गतेबाट सुरु भएको सो तालिम २९ गते सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य रामसुहावन कुर्मीले तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्नुपर्ने बताएका थिए । बालबालिकाहरु समाजको खम्बा भएको बताउँदै सकारात्मक सोचको विकास गरेर सकारात्मक कार्यमा लाग्नुपर्ने कुर्मीको भनाइ थियो ।

२ दिनसम्म चलेको तालिमको समापनमा बोल्दै वडा सदस्य मन्सुर खाँले तालिमबाट नेतृत्व विकास र सकारात्मक सोचको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा समुदायमा सकारात्मक विकास गर्न सम्भव हुने बताए । 

वडाका नासु मनोज रिजालले बालबालिकाको चौतर्फि विकासका लागि वडा कार्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको बताउदै तालिमबाट बालिबालिकाको नेतृत्व तथा क्षमता विकासमा टेवा पुगेको बताए ।

तालिमका सहभागिहरुले विषयवस्तु समय सान्दर्भिक भएको र उपलब्धिमुलक भएको बताएका थिए । तालिमबाट जीवनोपयोगी सिप, सकारात्मक सोंच र नेतृत्व विकासका विविध विषयमा ज्ञान प्राप्त भएको सहभागिहरुको भनाइ थियो । 

तालिममा प्रशिक्षक मन भण्डारी र शिव कुमार वर्माले बाल अधिकार, बाल संरक्षण, व्यक्तित्व विकास र सकारात्मक सोचका सूत्रहरु, नेतृत्व, नेतृत्वको अवधारण, नेतृत्वको परिभाषा नेता, नेताको परिभाषा, नेतृत्वको भुमिका, नेतृत्वको आवश्यकता, नेतृत्वका लागि आवश्यक तत्वहरु, असल नेताका गुणहरु, नेतृत्व कसरी गर्ने ?, नेतृत्वका कार्यहरु को विषयमा तालिम दिएका थिए भने समुह अभ्यास तथा छलफल समेत गरिएको थियोलगायतको विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिद्यालयस्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका २५ जनाको सहभागिता रहेको थियो  । तालिमको समापन कार्यक्रमको सञ्चालन युवा घरका सचिब शिव कुमार वर्माले गरेका थिए ।

प्रतिक्रिया