कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका ले नगर क्षेत्रमा जडान भई प्रयोगविहीन तथा अव्यवस्थित अवस्थामा रहेका केवल तार हटाउन निर्देशन दिएको छ । पालिकाले १५ दिने सार्वजनिक सूचना जारी गरी सम्बंधित संस्थाहरूलाई हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाका अनुसार अव्यवस्थित रूपमा झुन्डिएका केवल तारका कारण शहरी सौन्दर्यकरणमा कुरूपता देखिनुका साथै आगलागी र सवारी दुर्घटनाका घटनासमेत हुने गरेको छ । यस समस्याको व्यवस्थापनका लागि बसेको सरोकारवाला पक्षहरूको बैठकले आवश्यक निर्णय गरेको थियो ।
निर्णयअनुसार चैत्र २ गतेदेखि अव्यवस्थित केवल तार व्यवस्थापन तथा हटाउने कार्य सुरु गरिने जनाइएको छ । नगर क्षेत्रभित्र विभिन्न केवल टेलिभिजन तथा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले जडान गरी हाल प्रयोगविहीन अवस्थामा रहेका सबै केवल तार सम्बन्धित निकायले स्वयं हटाउनुपर्नेछ ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रयोगविहीन तार नहटाएमा नगरपालिका स्वयंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाटै असुलउपर गरिने स्पष्ट पारेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार