सल्यान : ट्र्याक्टरबाट झर्दा लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–७ रामेखोलाबाट ढोडचौर जाँदै गरेको रा १ त ३२४६ नम्बरको ट्र्याक्टरबाट झर्दा लडदा टाउकोमा गम्भीर चोट लागेपछि शारदा नगरपालिका–७ का वर्ष ५१ का दलबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार लडेर सख्त घाइते भएका बोहराको तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याएको केहीबेरमै मृत्यु भएको हो ।
रामेखोलाबाट ढोडचौर जाने क्रममा अर्को ट्र्याक्टरमा चढ्नका लागि झर्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेर अचेत अवस्थामा पुगेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान राखिएको र टेक्टर र चालक शारदा नगरपालिका–७ गोठीचौर बस्ने वर्ष २४ का दिनेश बोहरा प्रहरीको नियन्त्रणमा रहेका प्रनि बस्नेतले जानकारी गराए ।
घटनाको थप अनुसन्धान भने भइहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार