Listen LIVE

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अगैयामा र्याली

नेपालगञ्ज : ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को सन्दर्भमा राप्ती सोनारीको अगैयामा र्याली निकालिएको छ । यही फागुन २४ गते अर्थात् भोलि देशभर उक्त दिवस मनाईदैछ ।

दिवसको सन्दर्भमा आयोजित र्यालीले बाजागाजा सहित गाउँपालिका हुँँदै अगैया बजार परिक्रमा गरेको छ । र्यालीमा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडी, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दलामी सहित विभिन्न शाखा प्रमुख, विभिन्न संघ, संस्थामा आवद्व महिला लगायतको उपस्थिती रहेको छ ।

र्यालीमा विभिन्न नारा लगाइएको छ ।

प्रतिक्रिया