Listen LIVE

नेपालगञ्जबाट काठमाण्डौका लागि फाईटर किङ्ग वस सञ्चालनमा

नेपालगञ्ज : बाँकेको नेपालगञ्जवाट आजरदेखि फाईटर किङ्ग वस सञ्चालन भएको छ । नमस्ते नेपाल यातायात प्रालिले फाईटर किङ्ग वसमा आजदेखि यात्रुहरुलाई यात्रा गर्नदिने अवसर जुराएको हो ।

यातायात वजारमा बढ्दो प्रर्तिस्पर्धा र यात्रुहरूको सुविधालाई दृष्टिगत गर्दै नमस्ते नेपाल यातायात प्रालि कोहलपुरले नेपालगञ्जदेखि काठमाण्डौसम्मको लागि नयाँ फाईटर किङ्ग नामक लक्जरी बस सेवा सञ्चालन गरेको नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निम बहादुर चलाउने (निरज)ले जानकारी दिए ।

उक्त वसमा एयर कण्डिसन, सोफा, सिलिपर सिट, पंखाकासाथै मोवाईल चार्ज गर्न मिल्ने ब्यबस्था मिलाईएको वताउँदै अध्यक्ष चलाउनेले यस बसको बिशेषता भनेको एक साईड सिंगल सिट हुनुले महिलामैत्रि हुने विश्वास ब्यक्त गरे । चलाउनेले नेपालगञ्ज–काठमाण्डौ यात्राका लागि यात्रीहरुले धेरैजसो लक्जरी वसनै रोज्ने गरेकाले उनीहरुको मागलाई सम्वोधन गर्दै फाईटर किङ्ग बस सञ्चालनमा ल्याइएको वताए ।

आज विहान नमस्ते नेपालको केन्द्रिय कार्यालय कोहलपुर १० मा विधिबत पुजा–आजा गरि सञ्चालनमा ल्याइएको वस कम्पनीले उक्त रुटमा ३ वटा सञ्चालन गर्नेगरि ब्यबस्थापन गर्ने समितिले जनाएको छ ।

नयाँ बसमा एक साईड डवल सोफा जडित आरामदायी सिटसँगै चारवटा सिंगल सिलिपर र दुईवटा डबल सिलिपर सिटको व्यवस्था रहेको छ । बसमा सस्पेन्शर प्रणाली राखिएकाले लामो दूरीको यात्रा पनि सहज र आरामदायी हुने कम्पनीका कोषाध्यक्ष शिव डाँगीले बताए ।

अधिकांश काठमाण्डौ जाने महिलाहरुले सिंगल सिट माग्ने गरेकोले उनीहरुको सुविधालाई ध्यानमा राखिएको भन्दै कोषाध्यक्ष डाँगीले वसमा यात्रा गर्ने यात्रुहरुलाई प्रचलित भाडादर भन्दा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिए ।

नमस्ते नेपाल यातायात प्रालि कोहलपुरमा आवद्ध रहि यात्री सेवा दिईरहेका वस धनी अर्जुन श्रेष्ठले आजै वसको पुजापाठ गरि काठमाण्डौका लागि टिकट बुकिङ खुल्ला भएको जनाएका छन् । उनले बसमा यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै २४ घण्टा निःशुल्क वाइफाइ, शुद्ध पिउने पानी र सिसिटिभी क्यामराको व्यवस्था गरिएको वताए ।

प्रतिक्रिया