Listen LIVE

काठ चिरान मुद्दाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

बर्दिया : जिल्ला अदालत, बर्दियाबाट आठ वर्षअघि कैद र जरीवाना फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार सूचीमा रहेका अवैधरुपमा काठ चिरान मुद्दाका प्रतिवादी रहेका छन् ।

जिल्ला अदालत, बर्दियाले ठाकुरबाबा नगरपालिका–२ प्रतापपुरका खुशीराम थारुलाई अवैद्य रुपमा काठ चिरान मुद्दामा ०७३ असार ७ गतेको फैसलाले तीन महिना कैद र १० हजार रुपैयाँ जरीवाना गरेको प्रहरीले जनाएको छ ।

कैद र जरीवाना भएपछि फरार रहेका थारुलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्तीमगरले बताए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियामा दाखिला गरेको डिएसपी घर्तीमगरले जनाए ।

प्रतिक्रिया