प्युठान : जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रिमबहादुर खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिंगृबाट चकचकेतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार तीन जना युवा घाइते भएका छन् । गम्भीर घाइते मोटरसाइकल चालक माण्डवी गाउँपालिका ३ नयाँ गाउँका १८ वर्षीय अभिषेक कार्कीलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार नयाँगाउँका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिशिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।
2025-03-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार