बर्दिया : मधुवन नगरपालिका–४ बादरभरियाकी ७० वर्षीया महिला नहरमा डुबेको अवस्थामा मृत फेला परेकी छिन् ।
ईलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले सोही पालिका–४ स्थित ७० वर्षीया बजन दैया थरुनीको शव देउती मन्दिर नजिकको साइफनमा फेला परेको जनाए ।
उनी सधै बिहान घर अगाडिको नहरमा हातमुख धुन जाने गरेको र चिप्लिएर बगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
थरुनीको शव परीक्षणका पछि आफन्तलाई हस्तान्तरण गरिएको प्रनि सेनले जनाए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
2025-10-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार